logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • बालकोटमा ओली र गौतमबीच भेटवार्ता, के भयो छलफल ?

    बालकोटमा ओली र गौतमबीच भेटवार्ता, के भयो छलफल ?

    5K
    Shares
    बालकोटमा ओली र गौतमबीच भेटवार्ता, के भयो छलफल ?

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेताद्वयबीच आज बिहान बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो ।

    भेटमा सम्भव भए बाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ । गौतमले ओलीपछि अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेट गर्ने तयारी छ ।

    बामदेवले हालैमात्र नयाँ पार्टी खोलेका हुन्। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए। दुई पार्टीबीच एकताको प्रयास गर्ने भन्दै उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए।

    अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन्। नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend