logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाअभियोग अगाडि बढाउन सत्तारुढ दलसँग सुवास नेम्वाङको आग्रह

    महाअभियोग अगाडि बढाउन सत्तारुढ दलसँग सुवास नेम्वाङको आग्रह

    5.6K
    Shares
    महाअभियोग अगाडि बढाउन सत्तारुढ दलसँग सुवास नेम्वाङको आग्रह

    काठमाडौं । नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभामा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग यतिकै अलपत्र पार्न नमिल्ने बताएका छन् । संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीवार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले महाअभियोग अगाडि बढाउन सत्तारुढ दलसँग आग्रह गरेका हुन् ।

    ‘संसद अवरोधका बीचमा टिप्पणी खाएर पनि हामीले नाम दिएका थियौं, यो प्रक्रिया यसरी रोक्न मिल्दैन । यो विषयलाई टुंगोमा पुर्‍याउनुपर्छ,’ नेम्वाङले भने ।
    नेम्वाङले प्रमुख प्रतिपक्ष दल राज्यको अभिन्न अंग भएकाले उसको कुरा सरकारले सुन्नुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

    ढिलो गरी प्रतिनिधि सभाले महाअभियोग समिति गठन गरे पनि प्रतिनिधि सभाले प्रस्ताव समितिमा नपठाउँदा समितिको बैठक शुरू भएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend