logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक छ: झलनाथ खनाल

    मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक छ: झलनाथ खनाल

    3.2K
    Shares
    मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक छ: झलनाथ खनाल

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गरे ।

    संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष थियो । ६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाएपनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए ।

    सम्मानित नेता खनालले भने, ‘दुई तिहाई बहुमतको सरकार बन्यो नि । नेकपाले दुई तिहाई बहुमत ल्यायो । तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो । यो देशमा अव भूमि सुधारको कार्यक्रम लागू होला । यो देशमा अव कृषि क्रान्ति लागू होला । कृषिको आधुनिकीकरण होला । वा यान्त्रिकीकरण गरिएला । प्रत्येक किसानलाई मल, विऊ, प्राविधिक सेवा, अनुसन्धान सेवा उपलब्ध होलान । त्यतातिर सरकारको ध्यान जाला । त्यसैगरी राष्ट्रिय औद्योगिकीकरणको कुरा आउँला । हाम्रो आफ्नै देशमा आधारित उद्योगधन्दाहरु होलान । पानी उद्योगहरु हामीले व्यापक बनाउन सक्छौं । त्यस्तै वनजन्य उद्योग । जडिबुटीजन्य उद्योगहरु । कृषिजन्य उद्योगहरु । हाम्रो जति सुन्दर देश कुन छ ? हामी पर्यटनजन्य उद्योगहरु, यी हाम्रा राष्ट्रिय उद्योगहरु हुन । हाम्रो देशको विशेषतामा आधारित उद्योगहरु हुन । ती उद्योगहरु हामी स्थापना गर्न सक्थ्यौं । अव यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरे । माछोमाछो भ्यागुतो भयो । केही पनि भएन । एउटा उद्योग पनि बनेन । अगाडि बढेन । अनि, जनतामा अहिले निराशा छाउन थाल्यो । गरिवी उन्मूलन होला भन्ने आशा थियो । त्यो पनि खास केही भएन । निरक्षरता उन्मूलन गर्ने काम ह्वात्तै अघि बढला भन्ने थियो । त्यो पनि राम्ररी भएन । त्यसो हुनाले जनताले एउटा निराशाको लहर छ । त्यो लहरले तपाईले देखि हाल्नु भयो–यो स्थानीय तहको निर्वाचन भयो । निर्वाचनका परिणामहरु अहिले सबै दलले पढनुपर्ने एउटा ग्रन्थको रुपमा हाम्रो सामू आएका छन । त्यसको अनुभवहरु के हुन ? शिक्षाहरु के हुन ? अनि हामीले अघि बढनुपर्र्ने हुन्छ हेर्नुस । आगामी निर्वाचन पनि आउँदैछ । त्यो निर्वाचनमा पनि सोचौं । हामीेले यो देशमा जनवादी क्रान्ति सम्पन्न ग¥यौं, अव संविधानले भनेजस्तो समाजवादतर्फ जाने हो भने त समाजवादी कार्यक्रम चाहिएन ? समाजवादी नीति चाहिएन ? त्यो समाजवादी नीति तथा कार्यक्रम कस्तो हुन्छ त ? अव नेपालमा । त्यसबारेमा हामीले गहन ढंगले छलफल गर्दै भविष्यको नेपालको परिकल्पना गरेर अगाडि बढनुपर्ने हुन्छ । पूर्व सांसद मञ्चले पनि यसबारेमा सोचोस् । एउटा बहस गराउनुहोस नै तपाईहरु ।’

    सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरुले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend