logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

    सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

    6.8K
    Shares
    सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

     

    इटहरी । सुनसरीका छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका –१७ स्थित पकली चोकमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा रामधुनी नगरपालिका–५ का ७५ वर्षीय मंगलु चौधरीको ज्यान गएको छ ।

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साइकल यात्रीलाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबार नै इटहरी उपमहानगरपालिका–१२ चौकी मोड कोसी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरीको रिलायन्समा कार्यरत ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् । वाग्मती प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend