logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी बढुवा सम्बन्धी विवादको अन्तिम सुनुवाइ आज

    आईजीपी बढुवा सम्बन्धी विवादको अन्तिम सुनुवाइ आज

    4K
    Shares
    आईजीपी बढुवा सम्बन्धी विवादको अन्तिम सुनुवाइ आज

    काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको प्रमुख आईजीपी बढुवा सम्बन्धी विवादको अन्तिम सुनुवाइ आइतबार हुँदैछ।

    सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

    यसअघि अन्तिमपटक असार १३ गते भएको सुनुवाइ सरकार पक्षका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैंमा रहेको थियो। त्यसपछि ६ दिन सारिएको हो ।

    आफुभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
    वैशाख २२ गते न्यायधिश सुश्मलता माथेमाले प्रारम्भिक सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेकी थिइन्।

    जेठ ३० गते सुरु भएको अन्तिम सुनुवाइ तीनपटक हेर्दाहेर्दैमा बसिसकेको छ। यसबीचमा असार ५ र असार १३ गते पनि सुनुवाइ भएको हो। निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend