logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित: परराष्ट्र मन्त्रालय

    प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित: परराष्ट्र मन्त्रालय

    11.2K
    Shares
    प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित: परराष्ट्र मन्त्रालय

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् ।

    पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री देउवाको सो भ्रमण अपेक्षित रहेको उल्लेख गर्दै सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा हुने र उपयुक्त समयमा त्यसबारे सञ्चार माध्यामहरुलाई जानकारी दिने स्पष्ट पारिन् । प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताइन् ।

    उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ । अपेक्षित छ यो भ्रमण । अव यसको चाँही तपाईहरुलाई थाहा नै छ । निमन्त्रणा गर्ने प्रक्रिया हुन्छ । त्यसलाई स्विकार गर्ने पनि प्रक्रिया नै हुन्छ । सबै कुरा तयारी पुगेपछि तिथिमितिको घोषणा गर्ने एउटा प्रक्रिया छ । उपयुक्त समयमा यसका जानकारी यहाँहरुलाई दिनेनै छौं । माननीय परराष्ट्रमन्त्रीज्यूको चीन भ्रमण पनि उपयुक्त समयमा हुनेछ ।’

    प्रवक्ता लम्सालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्ने नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भईनसकेको समेत स्पष्ट पारिन् । सो प्रोग्रामबारे नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भईरहेकाले पत्र भने गईनसकेको उनको स्पष्टिकरण थियो । प्रवक्ता लम्सालले अध्ययन भईसकेपछि मन्त्रीपरिषदको सो निर्णय कार्यान्वयन हुनेमा भने ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरीन् ।

    उनले भनिन्, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अव हामीलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । तर अव हामी के छ भने परराष्ट्र मन्त्रालयले काम गर्दाखेरी खरो अध्ययन गरेर, सबै कुराहरु स्टडि गरेर मात्रै त्यसको पत्राचार गर्नुपर्ने भएकाले अहिले त्यसलाई अध्ययन गर्ने क्रममै छौं । र, यसलाई उपयुक्त समयमा डिप्लोम्याटिक च्यानलबाट नेपाल सरकारको मन्त्रीपरिषदको सो निर्णयलाई कार्यान्वयन गर्छौं । अहिले हामी त्यो तयारी गरिरहेका छौं । आउने वित्तिकै त्यो हेर्दै नहेरी निर्णय कार्यान्वयन गर्ने त आफ्नो ठाउँमा छँदैछ । अहिले त्यो गईसकेको अवस्था छैन, जान्छ । तपाईँहरु ढुक्क हुनुहोस् ।’

    परराष्ट्र मन्त्रालयले विगत ३ महिनायता राहदानी लिनेहरुको संख्या उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रुपमा राहदानी आवेदन भर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराएको छ । त्यसैगरी राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाईन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म ४ लाख १६ हजार २३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend