शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आगामी निर्वाचनका लागि माओवादीले ७ वटा रणनीति तयार, यस्ता छन् चुनावी रणनीति

आगामी निर्वाचनका लागि माओवादीले ७ वटा रणनीति तयार, यस्ता छन् चुनावी रणनीति

काठमाडौं । आगामी निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले ७ वटा रणनीति तयार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको १० बुँदे संक्षिप्त राजनीतिक प्रतिवेदनमा आगामी चुनावका लागि ७ वटा रणनीति अघि सारेका हुन् ।

यस्ता छन् प्रचण्डका ७ चुनावी रणनीति

१. सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरुलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाई ठोस कार्यविभनसहित निर्वाचन क्षेत्रमा पठाउने ।

२. संघ र प्रदेशमा जनसहभागितासहित चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने ।
३. संघीय तथा प्रदेश निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने

४. संयुक्त मोर्चा, गठबन्धनमा सहभागी दल र विपक्षीको अवस्थाको अध्ययन गर्ने ।

५. निर्वाचन क्षेत्र आधारित संगठन परिचालन, स्थितिको आङ्कलन र जनताको अपेक्षाको आधारमा निर्वाचनमा विजयी बन्ने रणनीति बनाउने ।

६. सम्भावित उम्मेदवारको सूची तयार गर्ने ।

७. दक्षिणपन्थी र प्रतिगामी शक्तिलाई पराजित गर्न सबै ढंगले चुनावी रणनीति तयार गर्ने

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend