
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भिर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थमन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ? भनि प्रश्न समेत गरे ।
प्रधानमन्त्री देउवा देशलाई बर्बाद पारेर गठबन्धन मात्रै जोगाउन लागि परेको उनको आरोप थियो । ओलीले विचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ पनि नभएको जिकीर गर्दै यस्तो गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको बताइए । उनले भने, ‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानवीन हुनुपर्छ । यसमा एउटा संसदीय समिति बनाएर छानवीन गर्नुपर्छ । त्यसको प्रतिवेदन सम्मानित सदनमा आउनुपर्छ । एउटा मन्त्रीले यस्तो गर्दा पनि प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो जे भएपनि ? कि गठबन्धन जोगाए मात्रै पुग्छ, देश बर्बाद होस् जहाँसुकै पुगोस् । गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्नु भएको छ । अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुजेट सार्वजनिक नगरेको प्रमुख प्रतिपक्षले माग गर्दा पनि । फुटेज डिलिट गर्न पाईन्छ । कर्तव्य हुन्छ आफ्नो स्वच्छता प्रमाणित गर्ने । आउनुस, छानवीन गरौं मन्त्रीले यो भन्न सक्नु पर्दथ्यो । तर किन माग्दैमा दिने भनेर ललकार्ने ? एमाले को हो ? हामीले गरेको स्वेच्छाचारिकताविरुद्ध प्रर्दशन गर्ने को हो भनेर ललकार्ने ? एमालेले अन्धाधुन्ध सो आरोप लगाएको होईन । प्रधानमन्त्रीजीले छानवीन गर्नपर्छ । यो त विश्वमै नभएको, बाहिरिया मान्छे राखेर, विचौलिया राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिदैन । यस्तो हुँदा पनि राज्य थितिमा चल्नु पर्दैन ?’
ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थमन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend