logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छः झपट रावल

    नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छः झपट रावल

    4.4K
    Shares
    नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छः झपट रावल

     

    काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए । सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताए ।

    उनले भने, ‘अध्यागमन निजामति कर्मचारीलाई भन्दापनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ । यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ । अध्यागमन भनेको आफैँमा सुरक्षा हो । अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्छ ।’

    सांसद रावलले अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend