काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठनको समस्या समाधान गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष सिंहले संगठनमा अराजकता देखिएकाले छानबिन गर्न माग गरिन् ।
अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।
सोही घटनातर्फ लक्षित गर्दै माओवादी केन्द्रीय सदस्यसमेत रहेकी अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहल भनिन्, ‘संगठन अराजकतामा चल्न सक्दैन । पार्टीले छानबिन समिति बनाएर छानबिन गरोस् । मैले गल्ती गरेको रहेछु भने सजाय ब्यहोर्न तयार छु ।’