logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ

    पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ

    2.9K
    Shares
    पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ

     

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन् । सोमवार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् ।

    उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताए । उनले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताए । मन्त्री खापुङले वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताए । उनले सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेको बताए । मन्त्री खापुङले सरकार जनताको स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी रहेको बताए ।

    मन्त्री खापुङले भने, ‘वैद्यखाना आयुर्वेदको कुरा चलेको छ । मैले सुनेको थिएँ, त्यहाँ १३५ थरिका औषधि उत्पादन हुन्छन् भन्ने अझ त्यहाँ २४५ को संख्यामा औषधि उत्पादन हुन्थे भन्ने कुरा छ । नेपालमा सिंहदरबार वैद्य खाना धेरै पुरानो हो । अहिले त्यसको हालत दुःख लाग्दो छ । नाजुक छ । त्यसको नेतृत्व भर्खरै चेन्ज भएको छ । नेपाल चिकित्सक आयुर्वेद संघका अध्यक्ष नै जानुभएको छ । अब आश छ यो राम्रो हुनेछ । त्यसमा सरकारको तर्फबाट के गर्नुपर्छ । छलफल गरौँ । धेरुै सुधार गर्नुपर्ने अवस्थाहरु छन् । स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ । सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ । अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ । योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढीरहेको छ । सम्भावना भयो भने एउटा स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ, माग त्यस्तो छ । एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ । यसमा सहयोग गर्न सरकार तयार छ ।’

    मन्त्री खापुङले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवद्र्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको बताए । उनले वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend