काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुले पार्टीको पदाधिकारीसहित समितिहरु टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेको बैठकमा नेताहरुले पदाधिकारी तथा समितिहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने कुरा राखेका थिए । यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव रहेको थियो ।