logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेका छौँ: अध्यक्ष अग्रवाल

    मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेका छौँ: अध्यक्ष अग्रवाल

    4.5K
    Shares
    मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेका छौँ: अध्यक्ष अग्रवाल

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी मौद्रिक नीतिमा पछिल्लो समय उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेको बताए । उनले उद्योगी व्यवसायीहरुले तरलता अभाव,लगानीको वातावरण असहज जस्ता समस्या भोगिरहेको बताए ।

    अध्यक्ष अग्रवालले पछिल्लो ६ महिनाको बीचमा ६० अर्ब बराबरको लगानी बढेको दाबी गरे । उनले अर्थतन्त्रमा देखिको समस्याको कारण १५ देखि ६० प्रतिशत उद्योगमा लगानीमा संकुचन आएकाले मौद्रिक नीतिले आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि उत्पादनमुुलक उद्योगमा लगानी गर्ने वातावरण सहज बनाउनुपर्ने माग गरे । अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थ र बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सहजिकरण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताए ।

    उनले भने,‘ पछिल्लो ६ महिनामा ५० देखि ६० अर्बको लगानी बढेको छ । ६० अर्बको लगानी कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत वा सम्पूर्ण लोनको १ प्रतिशत वा डेढ प्रतिशतको बीचमा रहेको छ । एकदमै न्याक्लिलेजम लगानी भएको छ । त्यही तरिकाले अन्य परिसूचकहरु ६ महिनामा सुधारतर्फ भएका छन् भन्ने लागेको छ । उद्योगहरुमा १५ देखि ६० प्रतिशत मागमा संकुचन देखिएको छ । बजारबाट लगानी उठ्न समस्या भएको छ । एनटिएमा समस्या पर्छ त्यसले लगानीमा समेत संकुचन हुने देखिन्छ । यो हाम्रो आन्तरिक समस्या होइन । सबै वाह्य समस्या रहेको छ । पेट्रोलियम पदार्थ र बजारमा मूल्यवृद्धि भएको छ । त्यसले हामीले समस्या भोग्नुपरेको छ । समस्यालाई अवसरको रुपमा लिने हामीसँग क्षमता हुनुपर्छ । त्यसमा उत्पादन बढाएर अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । जुन तरिकाले अहिले उद्योगी व्यवसायीहरुले समस्या भोगेका छन् त्यसमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा आश गरिरहेका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend