logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काँग्रेस पदाधिकारी बैठक: निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

    काँग्रेस पदाधिकारी बैठक: निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

    2.5K
    Shares
    काँग्रेस पदाधिकारी बैठक: निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु

     

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ । मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो ।

    उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टी भित्र प्रारम्भिक छलफल सुरु गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए । बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एक रुपता ल्याउने विषयमा के भईराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अव बस्ने केन्द्रित समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि सहमहामन्त्री विश्वकर्माले बताए ।

    उनले भने, ‘आगामी केन्द्रिय समिति बैठकमा पेश गर्ने गरी भातृ संस्थाहरुको विधानमा एकरुपताको बारेमा के भईराखेको छ भन्ने बारेमा छलफल भयो । र, निर्वाचन आयोगले अघि सारेको निर्वाचन सम्बन्धि विधेयकको बारेमा प्रारम्भिक छलफल भयो । ’

    नेपाली काँग्रेसले तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रिय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको सहमहामन्त्री विश्वकर्माकोे भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend