
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा बुधबार छापावाला सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम हुन गएको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend