logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा

    प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा

    6.1K
    Shares
    प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ ।

    आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    यसैबीच गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

    नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत हुनुभएकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र मर्यादित पत्रकारिताकालागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् । उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्– ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’

    ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ– उनले भनिन् । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend