काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।