logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा पुग्दैन: अध्यक्ष पौडेल

    नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा पुग्दैन: अध्यक्ष पौडेल

    2.1K
    Shares
    नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा पुग्दैन: अध्यक्ष पौडेल

    काठमाडौं । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको बैंक तथा वित्तीय संस्था परिसंघको एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभूवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले यस्तो निस्कर्ष निकालेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै (सीवीफीन)ले उक्त अध्ययन सार्वजनिक गरेको हो ।

    सार्वजनिक अध्ययन प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ । रेमिट्यान्सले बैकमा निक्षेप बढाएको र बैंकले कर्जा लगानीको हिसाबले व्यापार घाटा बढाएको देखाएको छ । व्यापार घाटाको सम्बन्ध रेमिट्यान्ससँग ७५ प्रतिशत, बैकको कर्जामा ८५ प्रतिशत र निक्षेप र रेमिट्यान्सको अन्तरसम्बन्ध ८३ प्रतिशत रहेको देखाएको हो ।

    प्रतिवेदन सार्वजनिक गर्दै त्रिभूवन विश्वविद्यालयका एसोसियट प्राध्यापक डा. रमेश पौडेलले रेमिट्यान्सलाई लामो समयसम्म होल्ड गर्न र बैंकहरुको कर्जा लगानी गर्ने क्षेत्र छुट्याउनु पर्ने देखिएको बताए । उनले अध्ययन गर्दा नेपालको उत्पादन क्षेत्रमा १९९६ सम्म उच्च वृद्धि भएको देखिएको बताए । डा.पौडेलले उच्च वृद्धि हुन लागेको अवस्थाको पछि १० वर्षे जनयुद्धको कारण लगानी कर्ताहरुले उद्योगमा भन्दा सर्भिस क्षेत्रमा बढी प्राथमिकता दिएको बताए । उनले नीति निर्माणमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने र सोही अनुसार नीति बनाउने हो भने मात्रै समस्या समाधान हुने बताए ।

    त्यस्तै,नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गरे । उनले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनु पर्ने अवस्था नभएको बताए । नेपालले १० वर्षे जनयुद्ध,भूकम्प,नाकाबन्दी र कोभिड समेत भोगेर अर्थतन्त्र तँग्रिदै आएकाले अब नीतिहरु परिमार्जन हुनुपर्नेमा जोड दिए ।

    अध्यक्ष पौडेलले बैंकहरुले घरेलु तथा साना उद्योगमा लगानी बढाउनु पर्ने बताए । उनले राज्यले पनि साना तथा मझौला उद्योगमा लगानी गर्दा सुरक्षा खोज्न नहुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend