काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २/४ दिनको समय मागेका हुन् ।