logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

    नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

    3.9K
    Shares
    नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

    काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रवार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो ।

    प्रतियोगिता पोखरामा असोज २८ देखि कार्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ । नवौंको मुल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ । पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागिय टोलीको प्रमुखहरुको पनि उपस्थिती रहेको छ ।

    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वानसमेत गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री गहतराले नवांै राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताए । यसअघि जेठमा हुने भनिएपनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो । प्रतियोगितामा ३६ खेलमा प्रतिष्पर्धा हुनेछ भने २ वटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ । बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्यसचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो । तर कोभिडका कारण धकेलिएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend