logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने

    काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने

    6.2K
    Shares
    काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

    महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

    ‘मेयरसाहब आफैं पनि यो जनराको र्‍याप गायक हुनुहुन्छ,’ उनले भने,‘यमबुद्धलाई नेपाली युवापुस्ताका धेरै र्‍यापरले आफ्नो आइडल मान्छन्, धेरै श्रोताले उहाँलाई सम्मान गर्नुहुन्छ, त्यसैलाई ध्यानमा राखेर महानगरले सम्मान स्वरुप सालिक बनाउने निर्णय गरेको हो मेयर बालेका स्वकीय सचिव भुपदेव शाहले भने ।’

    साहले यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend