logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद् लोकतन्त्रको आत्मा हो: सभामुख सापकोटा

    संसद् लोकतन्त्रको आत्मा हो: सभामुख सापकोटा

    5.2K
    Shares
    संसद् लोकतन्त्रको आत्मा हो: सभामुख सापकोटा

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् लोकतन्त्रको आत्मा भएको बताएका छन् । भक्तपुरको सानोठिमीस्थित युवा परिषद्मा आज आयोजना गरिएको ‘सङ्घीय नमूना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उहाँले संसद् लोकतन्त्रको अन्तिम अर्थमा आत्मा भएको बताए ।

    सभामुख सापकोटाले मानव चेतनाको स्तर जति उचो भयो त्यति नै लोकतन्त्रले जनताको पक्षमा भूमिका खेल्न सक्ने चर्चा गर्दै संसद् जनताको आवाज प्रष्फुटित हुने थलो भएको बताए । संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो हुने भएको उल्लेख गर्दै उनले भने, “हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ, लोकतन्त्रको विकल्प झन् उन्नत लोकतान्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ ।”

    विचारभन्दा ठूलो दुनियाँमा केही नभएको चर्चा गर्दै सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसङ्गतिको अन्त्यका लागि युवाले अभियान नै चलाउनुपर्ने बताए । उनले स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्था आएको देखेर चिन्ता लागेको भन्दै त्यस्ता विकृति र विसङ्गतिको अन्त्य हुने गरी युवाले अभियान चलाउनुपर्ने बताए ।

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले निष्पक्ष निर्वाचनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend