logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना शिक्षक पक्राउ

    जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना शिक्षक पक्राउ

    5.2K
    Shares
    जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना शिक्षक पक्राउ

    काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका–१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका–१५ पिठुवाबाट पक्राउ गरेको हो ।

    चितवन साबिक गोरखा नगरपालिका–९ छेपेटारस्थित तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी पीडित महिलाको घरमा कोही नभएको मौका छोपी २०६९ चैत ३ गते दिउँसो जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend