मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बिग्रिएको बस मर्मत गर्ने क्रममा बसले किचेर सहचालकको मृत्यु

बिग्रिएको बस मर्मत गर्ने क्रममा बसले किचेर सहचालकको मृत्यु

चितवन । चितवनमा बिग्रिएको बस मर्मत गर्ने क्रममा बसले किचेर सहचालकको मृत्यु भएको छ । गत शुक्रबार भरतपुर महानगरपालिका– २५ शुक्रनगरमा ना.५ख ९६७ नम्बरको बस मर्मत गर्ने क्रममा चालकले बस स्टार्ट गरी अघि बढाउन लाग्दा बसमुनि रहेका सहचालकको मृत्यु भएको हो।

बिहान सवा ८ बजे बसले किची गम्भीर घाइते भएका भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा करिब पौने ९ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

सो बस र बसका चालक भरतपुर– २७ का ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend