logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निरन्तर बढ्दै कोरोना, देशभर एकैदिन १२१ जनामा संक्रमण पुष्टि

    निरन्तर बढ्दै कोरोना, देशभर एकैदिन १२१ जनामा संक्रमण पुष्टि

    6K
    Shares
    निरन्तर बढ्दै कोरोना, देशभर एकैदिन १२१ जनामा संक्रमण पुष्टि

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।

    जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend