logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल

    राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल

    6.7K
    Shares
    राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो: अध्यक्ष नेपाल

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो पार्टी अन्य पार्टी जस्तो आफ्नो स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेर चल्ने होइन उनले भने । अध्यक्ष नेपालले आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित पार्टी भएको बताए ।

    “यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ”, अध्यक्ष नेपालले भने, “ पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ ।” फरक प्रसङ्गमा उनले आउँदो निर्वाचनअघि माओवादीलगायत कुनै पनि पार्टीसँग एकता नहुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend