मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

 

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो । यसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो । महासंघले हिजो आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबारमा आएको बताएको छ ।

गत साताको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो । सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि यही मूल्य कायम थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend