logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युवा संघले घेर्यो यातायात व्यवस्था कार्यालय (तस्विरहरु)

    युवा संघले घेर्यो यातायात व्यवस्था कार्यालय (तस्विरहरु)

    7.1K
    Shares
    युवा संघले घेर्यो यातायात व्यवस्था कार्यालय (तस्विरहरु)

     

    काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । सोमवार संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा नचल्ने साइट बनाएको आरोप लगाए । उनले साइट नचल्दा पुनः नागरिकहरु विचौलियाकोमा पुगिरहेको दाबी गरे । अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण गराए । उनले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेनको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताए । उनले देशका धेरै कार्यालयहरुमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रुपमा सवारी चलक अनुमति पत्र लगायतका कुराहरुमा ढिलासुस्ती गर्न नहुने बताए । उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाए । उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताए । युवा संघको आन्दोलनलाई चानचुने रुपमा नलिन पनि चेतावनी दिए ।

    युवा संघका प्रदर्शनकारीले ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर् लगायतका ब्यानर र नारा लागएर बिरोध प्रदर्शन गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend