शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

चुनाव जित्न कांग्रेसभित्र बृहत एकता गरेर जानुपर्छ: प्रदीप पौडेल

चुनाव जित्न कांग्रेसभित्र बृहत एकता गरेर जानुपर्छ: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र बृहत् एकता गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमवारबाट सानेपामा शुरू भएको पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी भएका पौडेलले पार्टीको प्राथमिकता पनि निर्वाचन भएको बताएका हुन् ।

‘नेपाली कांग्रेसभित्र बृहत एकता गरेर निर्वाचनमा जाने, सबै समितिहरूलाई पूर्णता दिने, स्थानीय निर्वाचनको समीक्षा गरेर निचोड निकाल्ने, निर्वाचनमा आवश्यक रणनीति तय गरेर उम्मेदवार छनौट गर्ने, नेपाली समाजमा परिवर्तन ल्याउने तरिकाको घोषणापत्र तयार पारेर निर्वाचनमा जाने हो,’ उनले भने, ‘पार्टीभित्रको अन्तरविरोध न्यूनीकरण गर्ने, चुस्तदुरुस्त र प्रभावकारी बनाएर जानुपर्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend