logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन, गठबन्धन आवश्यक छ: रामचन्द्र पौडेल

    सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन, गठबन्धन आवश्यक छ: रामचन्द्र पौडेल

    5.3K
    Shares
    सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन, गठबन्धन आवश्यक छ: रामचन्द्र पौडेल

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

    नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

    “राष्ट्रिय समस्या छन्, त्यसलाई समधान गर्न सजग हुनुपर्छ । आर्थिक संकट, मूल्यवृद्धि रोक्नुपर्छ । सोच्नुपर्छ । भ्रष्टाचार घटाउन अख्तियार सक्रिय बनाउनुपर्छ । केपीले संविधान भत्काएका थिए,” उनले बैठकमा भनेका छन्, “त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ । संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ । यो सरकारलाई केपी ओलीको शैली पच्छयाउने छुट छैन । त्यो हामी हुन दिँदैनौँ ।”

    उनले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend