आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अज्ञात रोगले अफगानिस्तानमा २० बालबालिकाको मृत्यु

अज्ञात रोगले अफगानिस्तानमा २० बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए ।

दूषित पानीका कारण उनीहरूको ज्यान गएको उनको अनुमान छ । बालबालिकासहित केही प्रभावितहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोछ, अधिकारीले बताए ।

अफगानिस्तानको सुदूर क्षेत्रहरूमा स्वास्थ्य केन्द्र र स्वच्छ पिउने पानीमा पहुँच नहुँदा त्यहाँका स्थानीय रोग र मृत्युको जोखिमबाट मुक्त हुन सकेका छैनन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend