logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भृकुटीमण्डपको गोदाममा आगलागी (तस्विरसहित)

    भृकुटीमण्डपको गोदाममा आगलागी (तस्विरसहित)

    6.2K
    Shares
    भृकुटीमण्डपको गोदाममा आगलागी (तस्विरसहित)

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भईरहेको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।

    आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन गरिएको प्रहरीले बताएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

    आगलागीको थप विवरण आउन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend