logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरुप लिन सम्भव छैन: प्रदीप ज्ञवाली

    छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरुप लिन सम्भव छैन: प्रदीप ज्ञवाली

    4.7K
    Shares
    छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरुप लिन सम्भव छैन: प्रदीप ज्ञवाली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले छोटो अवधिमा नागरिकता विधेयक पारित भएर ऐनको स्वरुप लिन सम्भव नभएको टिप्पणी गरे । उनले संसदीय समितिको ३ वर्षको प्रयासलाई खारेज गरेर नयाँ विधेयक शुन्यबाट शुरु गर्नुले संसदप्रतिको अपमान भएको बताए ।

    सांसद ज्ञवालीले नेपाली पुरुषसँग विवाह गरी आउने महिलाको हकमा नागरिकता दिने विषयमा राज्य व्यवस्था समितिमा सहमतिको बिन्दुमा पुग्न लागेको भन्दै सो विषयलाई अस्वीकार गरेर विधेयक ल्याएकाले आफूहरुको असहमती रहेको बताए ।

    उनले भने – ‘कन्टेन्टमा हाम्रो केही भनाईहरु छन् । राज्य व्यवस्था समितिमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाहरुको हकमा नागरिकता दिनका निम्ति केही समय पर्खिने तर उहाँहरु यहाँ विवाह भएर आइसकेपछि सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारहरु सम्पूर्ण रुपले पूरा गर्न पाउने । उहाँहरुले जागिर खान पाउने, बैंक खाता खोल्न पाउने, व्यवसाय गर्न पाउने तर चुन्ने र चुनिने अधिकारको निम्ति केही समय पर्खिनुपर्ने भन्ने ढंगले राज्य व्यवस्था समितिमा झन्डै सहमतीको बिन्दुमा पुगेको थियो । त्यो विषयलाई उहाँहरुले अस्वीकार गरेर ल्याउनुभएको छ । त्यसमा हाम्रो असहमतीहरु छन् ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend