logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • विकासको गतिले तीव्रता पाउँछ: वरिष्ठ नेता पौडेल

    विकासको गतिले तीव्रता पाउँछ: वरिष्ठ नेता पौडेल

    6.7K
    Shares
    विकासको गतिले तीव्रता पाउँछ: वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरे ।

    संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुङ्गोमा पु¥याउने बताए । “संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ”, पौडेलले भने ।

    उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए । “गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन”, उनले भने ।

    पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए । “जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौँ”, पौडेलले भने ।

    यसैबीच पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । २०९औँ भानुजयन्तीका अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आज भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले यस ठाउँलाई साहित्यिक धामका रुपमा विकास गर्नुपर्ने बताए । – रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend