logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एम अधिकारी र राष्ट्र बैंकका गभर्नर एउटै भए-नभएको सत्यतथ्य बाहिर ल्याउन माग

    एम अधिकारी र राष्ट्र बैंकका गभर्नर एउटै भए-नभएको सत्यतथ्य बाहिर ल्याउन माग

    5.4K
    Shares
    एम अधिकारी र राष्ट्र बैंकका गभर्नर एउटै भए-नभएको सत्यतथ्य बाहिर ल्याउन माग

    काठमाडौं । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् ।

    उनले नियम ,कानून ,मूल्य मान्यता ,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे ।

    उनले भने,‘नियम कानून मूल्य मान्यता गल्ति र नैतिकता समाजलाई सुसंस्कृत बनाउनलाई हो । सकेसम्म संघर्ष नगरेर अभियान नचलाएर दबाब नदिएर आन्दोलन नगरेर यो नैतिकतालाई स्थापित गर्नपाए राम्रो हुने थियो भन्ने प्रतिपक्ष दलका नेताको उद्घोषलाई यति खेर पुनः आत्मासाथ गर्नुपर्ने देखिन्छ । बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ । एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन् सरकार छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend