logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू

    स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू

    5.8K
    Shares
    स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड बेरुजू

    काठमाडौं । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड बढी बेरुजू देखिएको छ । प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय तथा सो मातहतका निकायको १ अर्ब २२ करोड २८ लाख १८ हजार बेरुजू रहेको उल्लेख गरिएको हो ।

    सो मध्ये ६० करोड ४२ लाख १९ हजार म्याद नाघेको पेश्की रहेको छ । अन्य संस्था र समिति गरी २६ वटाको २ अर्ब ९ करोड ४७ लाख ५१ हजार बेरुजू देखिएको छ । सो मध्ये ३५ करोड ९० लाख ६३ हजार म्याद नाघेको पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ ।

    मन्त्रालय र मातहत गरी १६ सरकारी कार्यालयको ३६ अर्ब ४६ करोड ३० लाखको लेखापरीक्षण भएको छ । २६ अन्य संस्था र समितिको ५५ अर्ब ५ करोड ९२ लाखको लेखापरीक्षण भएको महालेखा परीक्षणको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend