logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक पारित

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक पारित

    4.6K
    Shares
    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक पारित

     

    काठमाडौं । नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ । नेपाल चिकित्सक संघले बिहीवार पत्रकार सम्मलन गर्दै बुधवार प्रतिनिधि सभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो ।

    विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ । पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा नीजलाई पुर्पक्षको लागि थुनामा राखि २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरीबाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पु¥याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

    यो व्यवस्था गर्नका लागि आफूहरुले निकै मिहेनत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले कानूनको कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गरे ।

    उनले यस किसिमको व्यवस्था गरिएको विधेयक पारित हुनु चिकित्सा शिक्षाका लागि ऐतिहासिक उपलब्धी भएको उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend