logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बाढि–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्नुपर्छः राजेन्द्रकुमार केसी

    बाढि–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्नुपर्छः राजेन्द्रकुमार केसी

    8.6K
    Shares
    बाढि–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्नुपर्छः राजेन्द्रकुमार केसी

     

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले बाढि–पहिरो हेर्ने छुट्टै निकायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नेपालमा बाढि र पहिरो हेर्ने निकायनै नभएको उल्लेख गर्दै तत्काल त्यसको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

    त्यस क्रममा उनले काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा बाढि पहिरोका कारण सयौं रोपनी जमिन र त्यसमा लगाइएको बालीनाली नष्ट भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

    सांसद केसीले भने, ‘दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा पहिरोका कारणले त्यहाँ सयौं रोपनी जग्गामा पहिरो गयो । र, त्यहाँका जनता अस्तव्यस्त अवस्थामा छन । पहिला हामी कहाँ यो जल उत्पन्न प्रकोप नियन्त्रण विभाग भन्ने थियो । जसले गर्दाखेरी बाढि, पहिरोलाई मात्रै हेर्ने एउटा विभाग थियो । नेपालमा अहिले खासगरी त्यस्तो विभाग कुनै पनि रहेन । खाली त्यो कुन कार्यालयले हेर्ने हो ? त्यो पनि थाहा छैन । सिँचाईले हेर्ने हो कि, जलस्रोतले हेर्ने हो कि ? अव यो सिडियो अफिसले हेर्ने हो कि ? गत ३ वर्ष अगाडि पनि सोही ठाउँमा चार वटा घर विस्थापित हुन पुग्यो । र, हामीले एकीकृत बस्ती सार्नका लागि प्रयास पनि ग¥यौं । त्यो पनि हुन सकेन । र, अहिले आएर फेरी त्यही ठाउँमा चाँही सयौं रोपनी जग्गा र त्यसमा रहेका अन्नबालीहरु ध्वस्त भएको छ । म सम्बन्धित मन्त्रालयलाई चाँही ध्यानाकर्षण गराउन चाहन्छु–तत्काल त्यहाँका आम नागरिकहरुलाई राहत दिनका लागि । त्यहाँका पीडित नागरिकहरुलाई राहत दिनका लागि म सम्माननीय सभामुखमार्फत् निवेदन गर्न चाहन्छु । वास्तवमा यो बाढि, पहिरो हेर्ने नेपालमा एउटा छुट्टै विभाग हुनुपर्छ ।’

    सांसद केसीले काठमाडौंको ग्रामिण क्षेत्रमा पनि बाढि र पहिरोको जोखिम हुने गरेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend