logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ई–स्पोर्टस विवादमा बाेले मेयर बालेन शाह, यस्तो छ धारणा

    ई–स्पोर्टस विवादमा बाेले मेयर बालेन शाह, यस्तो छ धारणा

    5.4K
    Shares
    ई–स्पोर्टस विवादमा बाेले मेयर बालेन शाह, यस्तो छ धारणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै ई–स्पोर्टस्लाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ ।

    ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।
    कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ।
    साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend