logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्छः लक्ष्मणलाल कर्ण

    नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्छः लक्ष्मणलाल कर्ण

    6.3K
    Shares
    नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्छः लक्ष्मणलाल कर्ण

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धि विधेयकलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने बताएका छन् । सांसद कर्णले अव पनि संसदीय समितिमा लगेर नागरिकताविहीन नागरिकलाई रुवाउने काम गर्न नहुने स्पष्ट पारे ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’माथिको दफावार छलफलमा भाग लिँदै उहाँले नागरिकताविहीन नागरिकको अवस्थाबारे विचार गरेर सो विधेयकलाई यही संसदबाट तत्काल पारित गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे । सांसद कर्णले अढाई वर्ष संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरिएको सो विधेयक अझै पनि पारित नभए करिव ६ लाख नागरिकताविहीन नेपाली नागरिकले के भन्लान भनेर सोच्न पनि सांसदहरुको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘विधेयक फिर्ता लिएको सन्दर्भमा धेरै यहाँ चर्चा भयो । के हाम्रो सरकारले ल्याएको विधेयक सरकारले फिर्ता गर्न पाउँछ भन्ने नियममा व्यवस्था गरेको छौ कि छैनौं ? कानुन बमोजिम जुन काम भयो । त्यसलाई पनि हामीले यति असन्तुष्टि व्यक्त गर्नुपर्ने कुनै जरुरी थियो ? तर हामी गरिराखेका रहेछौं । मैले के भन्न खोजेको हो भने–अहिले करिवकरिव ६ लाख व्यक्तिहरु राज्यविहीन, नागरिकताविहीन छ । बाबु छ, नागरिकता छैन । आमा छ, सन्तानले नागरिकता प्राप्त गरेको छैन । राज्यविहीन व्यक्तिको अवस्था के होला ? हामी पनि मानिस हौं । यसो विचार गरौं । अझ के प्रश्न उठछ भने यसलाई फेरी समितिमा लगौं । अढाई वर्ष समितिको धन्दा हामीले देखेको होइन । अव फेरी ३ वर्ष त्यहाँ लगाउने ? त्यसकारण के रहेछ भने यसलाई अविलम्ब मान्छेलाई रुवाउने होइन । यसमा पनि अव फेरी छलफल गरिराख्ने र यसलाई रोक्ने यो मानवता विरुद्धको छलफल हुन्छ । यसलाई यही संसदबाट पास गरौं भन्ने मैले राखेको छु ।’

    सांसद कर्णले सो विधेयक अव पनि छलफल गरिराख्ने कुरा मानवताविरुद्धको कुरा हुने उल्लेख गर्दै त्यसो गर्न नहुने तर्क गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend