logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोज्योः भीम रावल

    सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोज्योः भीम रावल

    6.3K
    Shares
    सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोज्योः भीम रावल

    काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकारले नागरिकता विधेयकलाई चुनावको मञ्च बनाउन खोजेको बताएका छन् । उनले सरकारले संसदीय समितिबाट पास भइसकेको नागरिकता विधेयकलाई फिर्ता लिएर चुनावी मञ्च बनाउन खोजेको आरोप लगाएका हुन् ।

    सांसद रावलले राज्य व्यवस्था समितिबाट २ वर्ष लगाएर प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनको कुन दफा कुन धारा नेपाल सरकारलाई मन परेन ? भन्दै प्रश्न गरे ।

    उनले भने– ‘मन नपरेको कुरा के हो भने जसरी विदेशी महिलाले नेपालमा बिहे गरेर आउँदा नागरिकता पाउँछन्, हाम्रा चेलीबेटीहरूले पनि त्यसरी नै नागरिकता पाए हुन्थ्यो । हाम्रोमा सबै खुला गरिदिने अनि हाम्रा चेलीबेटीको अधिकार खोजी नगर्ने ? मिल्यो त ? समानताको कुरा गर्ने ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend