logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

    बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

    9.5K
    Shares
    बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ

     

    बैतडी । बैतडीमा बलात्कारको आरोपमा दुई जनालाई प्रशरीले पक्राउ गरेको छ । युवती बलात्कारको आरोपमा पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेका छन् ।

    उनीहरूमाथि २० वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । सुस्त मनस्थितिकी युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरिक्षक लोकराज जोशीले बताए ।

    युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend