logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज यी प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि मनसुन थप सक्रिय हुने

    आज यी प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि मनसुन थप सक्रिय हुने

    5.2K
    Shares
    आज यी प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि मनसुन थप सक्रिय हुने

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    सोमबार देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना रहेको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend