logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनार्दनमाथि छानविनः मोटामोटी छलफल सकियो, समितिले आज जनार्दन शर्मासँग छलफल गर्दै

    जनार्दनमाथि छानविनः मोटामोटी छलफल सकियो, समितिले आज जनार्दन शर्मासँग छलफल गर्दै

    7K
    Shares
    जनार्दनमाथि छानविनः मोटामोटी छलफल सकियो, समितिले आज जनार्दन शर्मासँग छलफल गर्दै

    काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् ।

    आज समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । समितिको बैठक बिहान साढे १० बजे बस्दैछ ।

    अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका छन् । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थ मन्त्रालयका विभिन्न तहका कर्मचारीहरूसँग छलफल गर्नेदेखि मन्त्रालयमै पुगेर निरीक्षण गर्नेसम्मको कार्य गरेको छ ।

    छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । समिति सदस्य पुष्पा भुसाल उपसभामुख बनेपछि कांग्रेसका अर्का सांसद मानबहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend