logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्याउने काम भइरहेको छः विप्लव

    राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्याउने काम भइरहेको छः विप्लव

    8.4K
    Shares
    राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो पुर्याउने काम भइरहेको छः विप्लव

     

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राणाहरु झैँ भाइभारदारलाई मन्त्रीको पालो परयाउने काम भइरहेको बताएका छन् । सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गरे । उनले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गरे । महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताए । उनले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाए ।

    महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाए । उनले अहिलेको सरकार तीन÷तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाए ।

    उनले भने, ‘हाम्रो नेपालको स्वाधिनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनैपनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा छ । १८१६ को सुगौली सन्धी भन्दापनि १९५० को दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु हाम्रो आकाशमाथि आइलागेका छन् । हाम्रो देशमाथि आइलागेका छन् । देशको भविष्यको बारेमा सबै युवाहरुमा चिन्ता छाएको छ । यो एउटा संकट खडा भएको छ । देशको रक्षा हुन्छ कि हुँदैन ? देशको सावैभौमिकता बच्छ कि बच्दैन ? देशको स्वाधिनता बच्छ कि बच्दैन ? नेपालको सर्वाधिक वहस चिन्ता यसमा छ । नेपालको जनजीवन चरम संकटबाट गुज्रिरहेको छ । नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको छ । संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेका छन् । नेपालको राजनीतिक प्रणाली स्थिर बन्न सकेको छैन । हरेक वर्ष सरकार परिवर्तन भइरहेको छ । मन्त्रीहरु फेरिएका छन् । एक प्रकारले कस्तो हुँदैछ भने मन्त्री बन्ने आजकाल एउटा रोलक्रम जस्तो भएको छ । जंगबहादुर राणाको पालोको भन्दापनि भद्दा रोलक्रम शुरु भएको छ । बाँडफाँड गर्ने, को मान्छे कति महिना मन्त्री हुने हो, पार्टीमा छलफल गर्ने, पालोपालो मन्त्री हुने कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने, जनतालाई दुःख दिने र फर्किने, फेरि अर्को फटाह त्यहाँ पुग्ने । फटाहहरुको रोलक्रम चलिरहेको छ । राणा शासनले जसरी आफ्ना भारदारहरु सभा गरेर रोलक्रममा बाँड्थे आज नेपालका संसदवादी पार्टीहरु विदेशी साम्राज्यवादीका एजेण्टहरु रोलक्रम लगाउँदैछन् । ६÷६ महिनामा मन्त्री फेर्ने, तीन÷तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने । यो एउटा जटिल परिस्थिति नेपालमा राजनीतिक रुपले हेर्दा देखिन्छ । यत्तिको भद्दा मजाक नेपालको राजनीतिमा कम नै पाइन्छ । धेरै मन्त्रीहरु फेरिसकेका छन्, कोही दौरा, सुरुवाल सिलाउने र कोही थन्क्याउनेतिर लागिरहेका छन् । जनताको समस्या त्यही छ, दिनदहाडै बलात्कार छ, तर राज्यमा बसेका मान्छेहरु आफ्नो गुटको स्वार्थका लागि, दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेका छन् । यो मुठीभर लुटेराहरुको व्यवस्था हो । हामीले हजारौँ शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था होइन । यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था हो । मुठीभरका मानिसले मोजमस्ती गर्ने व्यवस्था हो ।’

    महासचिव चन्दले अहिलेका दलहरुले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै दशेलाई मोलमलाई गरिरहेको बताए । उनले अहिलेको व्यवस्थालाई मुठीभर लुटेराहरुको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको स्पष्ट पारे । उनले यो वासिङटन, दिल्ली, लण्डन र बर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरुको व्यवस्था भएको र यो व्यवस्थामा मुठीभरका मानिसले मोजमस्ती गरिरहेको बताए । महासचिव चन्दले एमसीसी नेपालीको दुःखबाट फाइदा उठाउने नीति भएको पनि दाबी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend