logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ: सभामुख सापकोटा

    प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ: सभामुख सापकोटा

    5.5K
    Shares
    प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ: सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन् । सोमवार सिंहदरबारमा पत्रकारहरुसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका हुन् ।

    उनले आईतवार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निस्कर्ष अनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिए ।

    उनले भने– ‘हिजो उपसभामुखको शपथ थियो । त्यहाँ हामी राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र एकैछिन पछि उपसभामुखज्यू पनि आउनुभएको थियो । त्यहाँ हाम्रो छलफल चल्यो । प्रधानमन्त्रीज्यूले भनेकै कुरा छलफल गर्दै जाउँ, के निस्कर्ष निस्किन्छ त्यही अनुसार गर्ने भन्ने कुरा भयो तर मोटामोटी हाम्रो सबैको बुझाई चाहीँ के भयो भने नोमिनेशन दिन सम्म । पहिले विघटन हुँदा चाहीँ सभामुख र उपसभामुख रहने अरु जाने हुन्थ्यो । यो चाहीँ नोमिनेशन दिने दिनसम्म रहन्छ भन्ने खालको हाम्रो बुझाइ रह्यो । त्यति ठुलो मिटिङमा त बुझाइ मात्र रह्यो भन्ने कुरा छ भने यो संविधानविद्हरुहरु सँग राम्रो छलफल गर्नुपर्ने विषय हो । त्यो छलफल होला ।’

    सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरुसँग छलफल गर्नु आवश्यक रहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend