logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय

    आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय

    7.7K
    Shares
    आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय

     

    काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय गरेको छ । नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको हो ।

    आज सकिएको केन्द्रीय समिति बैठकको निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको उल्लेख छ ।

    ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठानिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने’, कांग्रेसको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend