शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अध्यक्ष प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता

अध्यक्ष प्रचण्ड र बाबुरामबीच सिंहदरबारमा भेटवार्ता

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा यी दुई नेताबीच भेटवार्ता भएको हो ।

समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।

अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । अध्यक्ष भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए । अहिले पनि उनी जसपाबाट निस्कन चाहिरहेका छन् तर कानुनले साथ नदिएको कारण त्यहीँ अल्झिरहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend