logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक, यस्तो छ ट्रेलर

    फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक, यस्तो छ ट्रेलर

    8.5K
    Shares
    फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक, यस्तो छ ट्रेलर

    काठमाडौं । फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् । फिल्म ‘प्रकाश’मा दिनेश राउतको निर्देशन रहेको छ ।

    यो फिल्म १० भदौमा रिलिज हुँदैछ । यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

    फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । फिल्मलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरण गर्दैछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend