logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको अनुरोध

    वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको अनुरोध

    7.1K
    Shares
    वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको अनुरोध

    काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको शुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    उनले सवारी दुर्घटना न्यूनिकरणका लागि संघ वा प्रदेश सरकार कसको जिम्मेवारी हो भन्ने भन्न पनि गरिन् । उनले सम्बन्धित निकायले दुर्घटना कम हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् । उनले भनिन्– ‘अझैपनि केही ठूलो दुर्घटना भएमा यसको टालटुले समाधानको लागि निर्देशन गरेको सुनिन्छ । वर्षायामको शुरुवाती सँगै दुर्घटनामा वृद्धि हुँदै दशैँ, तिहारसम्म यसको उच्च बिन्दुमा पुग्छ । यस साझा सामाजिक र जनस्वास्थ्य समस्याको दिगो समाधानका लागि केन्द्र वा संघ कुन निकाय जिम्मेवार हो ? त्यसको संरचनागत प्राविधिक क्षमता के छ ? प्रदेशस्तरमा सडक दुर्घटना रोक्न कुन–कुन निकाय जिम्मेवार छन् ? तिनका कार्यरत जनशक्ति, प्राविधिक क्षमता, आवश्यक स्रोत व्यवस्थापनको स्थिति के छ ? के ले अवरोध गरिरहेको छ ? यि प्रश्नहरुको अविलम्ब उत्तर आउनेगरी आगामी दशैँ, तिहारमा दुर्घटना कम भएको महशुस हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend